कुन्ती पोख्रेलको नाम एक विशेष क्षेत्रमा मात्र नभएर विभिन्न क्षेत्रमा पाउन सकिन्छ । उनी एक सफल व्यवसायी र प्रख्यात समाजसेवी मात्र हैन एक कुशल नेतृ पनि हुन् । लामो समय देखी महिलाहरूको क्षेत्रमा काम गर्दै आएकी उनले पछिल्लो समय व्यवसायीक यात्रा तय गरेकी छन् ।
लकडाउनको समयमा महिलाहरूलाई रोजगारी दिने उद्देश्य कपडाको ब्याग बनाउने कार्यबाट सुरु भएको उनको व्यवसायीक यात्रा यति बेला पोज फेशनमा परिणत भएको छ । जसबाट उनले स्वदेशी कपडा उत्पादन गर्दै आएकी छन् । नेपाल र नेपालीलाई आवश्यक पर्ने कपडा नेपालमै उत्पादन हुनुपर्नेमा उनले जोड दिँदै आएकी छन् । नेपालमै उत्पादन गर्दा नेपालीहरूले नै रोजगारी पाएका छन् । देशको अर्थतन्त्रमा समेत झिनो भए पनि टेवा पुर्याउने हाम्रो उद्देश्य छ । जसमा हामी सफल समेत भएका छौँ भन्नेमा म विश्वस्त छु ।’ उनले बताइन् ।
त्यसो त राजनीतिमा आफ्नो छुटै पहिचान स्थापित गर्न सफल पोख्रेलले पछिल्लो समय नेतृत्व तहबाट नै स्वदेशी पोसाकको प्रयोगलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै आएकी छन् । केही समय अघि पत्रकारिता त्यागेर राजनीतिमा होमिएका पूर्व सञ्चारकर्मी रवि लामिछानेले स्वदेशी पोसाक मात्र प्रयोग गर्ने घोषणा गरेका थिए । फरक विचार र राजनीतिक यात्रामा भए पनि उक्त कुरामा लामिछानेको प्रशंसा गर्न उनी पछि पर्दिनन् ।
महिलाहरूलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा लागेकी उनी यति बेला आफूले सञ्चालन गर्दै आएको पेज फेशनको नाफाबाट ५ प्रतिशत रकम सामाजिक सेवामा लगाउँछिन् । उनले उक्त रकम तारामण्डल महिला सशक्तीकरण अभियान मार्फत महिलाहरूको निम्ति प्रयोग गर्दै आएकी छन् । उनले सञ्चालनमा ल्याएको तारामण्डलले देशभरका ४२ वटा जिल्लाहरूमा पुगेर महिलाहरूलाई विभिन्न किसिमका तालिमहरू दिइसकेको छ र यो क्रम अहिले पनि जारी छ । सोही समयमा उनले महिला स्वास्थ्यलाई ध्यानमा राखेर सँगसँगै स्वास्थ्य शिविरहरू समेत सञ्चालन गरिन । जसबाट लाभ लिनेहरूको संख्या हजारौं हैन लाखको नजिक छ ।
त्यसो त २०७२ सालको भूकम्पको समयमा मात्र हैन विगतको वर्षमा विश्वलाई नै अतंकित बनाएको कोभिडको समयमा समेत तारामण्डलले महत्पूर्ण योगदान पुर्याएको छ । महिलाहरूका लागि मात्रै काम गर्ने कुन्ती पोख्रेलको तारामण्डलले भूकम्पको बेला भने काठमाडौं र त्यसको आसपासमा रहेका धेरै सर्वसाधारणको उद्धार मात्रै गरेर उनीहरूलाई खानपिन देखी राहतसम्मको व्यवस्थापन गर्यो । त्यस्तै कोरोना महामारीको समयमा समेत पोख्रेलकै नेतृत्वमा काठमाडौं, कीर्तिपुर, टोखा, देखी नवपलपुरका केही नगरपालिकाहरूमा सम्म राहतको व्यवस्थापन गर्यो । पोख्रेलले सोही कोभिडको विषम समयमा कीर्तिपुरमा घर भाडामा बसेर उच्च शिक्षा हाँसील गर्दै आएका धेरै विद्यार्थीहरूको चुल्हो मात्रै बाल्ने काम गरिनन् उनीहरूलाई सुरक्षित गृह नगरसम्म पुर्याउन समेत उनको उल्लेख्य भूमिका खेलिन् । धेरै वटा अनार्थलय र बृद्धाश्रसम्म राहत र खाद्यन पुर्याउन कोभिडको कुनै प्रवाह नगरी उनी आफै पुगिन् ।
यसरी सामाजिक र व्यवसायीक कार्य अघि बढाइरहँदा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नजिक भएर काम गरिन । उनको सहयोगी र मिलनसार व्यवहारकै कारण गत माघमा भएको राप्रपाको महाधिवेशनमा उनी सबैभन्दा बढी मत पाएर पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । त्यसो त उनले राप्रपा भित्रै रहेर १० वर्षको राजनीतिक यात्रा तय गरिसकेकी छन् । सुरुमा वडा सदस्य हुँदै युवक संगठनको केन्द्रीय कोषाध्यक्ष , काठमाडौं महानगरको उपाध्यक्ष र पार्टीको गैर सरकारी संस्था समन्वय विभागीय प्रमुख समेत रहेर काम गरिसकेकी छन् । उनी काठमाडौं कै स्थानीय बासिन्दा समेत हुन । जसकारण उक्त क्षेत्रका स्थानीय बासिन्दासँग उनको आत्मीयता पनि गाँसिएको छ ।
त्यसो त पोख्रेलको निर्वाचन तयारी अघिल्लो निर्वाचनबाट नै सुरु भइसकेको थियो । पाँच वर्ष अघि आफ्नो तयारी नपुगेका कारण पछि हटेकी उनी यतीबेला भने काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सम्पूर्ण तयारीसहित नतिजा आफ्नो पक्षमा पार्न लागी परेकी छन् । गत शनिवार मात्रै उनलाई समर्थन गर्ने स्थानीय युवाहरू ठुलो संख्यामा पार्टी प्रवेश गरेका थिए ।
पार्टी भित्र उम्मेदवारीको विषय लगभग टुंगोमा पुगेको छ । आफूले पार्टीमा गरेको योगदान र आफ्नो लोकप्रियता दुवैको भूमिका आगामी निर्वाचनमा देखिने उनी बत्ताउँछिन् ।